बिओकेलाई गाभेपछि ग्लोबल आईएमई क्यापिटलको नाममा एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 08:14:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटल र बिओके क्यापिटल मर्ज भएर ग्लोबल आईएमई क्यापिटलको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् । आज सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले एकिकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन् ।

दुवै क्यापिटलको गत साउन ३ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर पश्चात चुक्ता पुँजीको हिसाबमा दोस्रो ठुलो मर्चेन्ट बैंकर बनेको छ । क्यापिटलको चुक्ता पुँजी करिब ५० करोड पुगेको छ । त्यस्तै डिम्याट खाताको संख्या ५ लाख ३९ हजार पुगेको छ ।

ग्लोबल आईएमई क्यापिटलले बिओके क्यापिटललाई १००:५३.१७ को स्वापमा गाभेको हो। ग्लोबल आईएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आईएमई बैंक र बिओके क्यापिटलको माउ कम्पनी बैंक अफ काठमाडौँ मर्ज भएपछि सहायक कम्पनीको रुपमा रहेका यी दुई क्यापिटलले पनि मर्ज भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved