मेगा स्टक मार्केट्सको औपचारिक उद्घाटन, आइतबारबाट सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 08:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा स्टक मार्केट्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि.का अध्यक्ष पृथ्वीबहादुर पाँडेले संयुक्त रुपमा मेगा स्टक मार्केट्स लिमिटेडको औपचारिक उद्घाटन गरेका हुन् । 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको जनाएको छ ।

 कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा  केन्द्रित रहने जानकारी समेत गराईएको थियो । 

भाद्र १० गतेका दिनबाट लगानीकर्ताहरुले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहक वर्गले   https://tms75.nepsetms.com.np/login  मा लगइन गर्नु पर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved