सोमबारबाट लक्ष्मी सनराइज बैंकको शेयर कारोबार हुने, कति तोकियो मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 04:52:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लक्ष्मी सनराइज बैंकको शेयर सुचिकृत भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंक बनेसंगै नेप्सेमा लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३ सय ७९ कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । कम्पनीको १७३ रुपैयाँ ५ पैसाबाट कारोबार सुरु हुने छ ।  कम्पनीको शेयर एलएसएल (LSL) सिम्बलबाट कारोबार हुने छ । 

 लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर असार २९ गते देखि लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार शुरु गरेका थिए ।  यी दुई बैंक समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज भएका हुन् । 

मर्जर प्रयोजनको लागि कारोबार रोक्का हुनु अघि साविकको लक्ष्मी बैंकको शेयर मूल्य प्रति कित्ता १७३ रुपैयाँ र साविकको सनराइज बैंकको शेयर मूल्य १७३ रुपैयाँ १० पैसा थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved