हिमालयन क्यापिटलले ३१ रुपैयाँमा सिभिल क्यापिटललाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 08:55:23 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको छ । गाभ्ने गाभिने प्रस्ताव पारित गर्ने दुवै कम्पनीले भदौ २७ गते आ-आफ्नै केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आह्वान गरेका छन् 

दुवै कम्पनीको विशेष साधारणसभामा गाभ्ने गाभिने प्रयोजनको लागि तयारी पारिएको डिडिए रिपोर्ट र अन्तिम सम्झौता पत्र पारित गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै स्वाप रेसियो पारित गर्ने, हिमालयन क्यापिटलको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, गाभ्ने गाभिने कार्यको बाँकि काम गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ 

हिमालयन क्यापिटलले १००:३१ को स्वापमा सिभिल क्यापिटललाई गाभ्न लागेको हो । अर्थात् सिभिल क्यापिटलको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि हिमालयन क्यापिटलको ३१ कित्ता शेयर पाउने छन् 

यी दुई क्यापिटलको माउ कम्पनी हिमालयन बैंक र सिभिल बैंक मर्ज भएर हिमालयन बैंक बनेसंगै सहायक कम्पनीको रुपमा रहेका यी २ क्यापिटल पनि मर्ज हुन लागेका हुन्  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved