हिमालयन ८०-२० म्युचुअल फण्डको शुक्रबार बिक्री बन्द हुँदै, ८० करोड ४० लाखको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2023 | 02:20:11 PM मा प्रकाशित

laxmi sunrise bank

हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने भदौ १५ गते शुक्रबार अन्तिम दिन रहेको छ। यस निष्काशनमा उत्साहजनक आवेदन परेको क्यापिटलले जनाएको छ  । 

सिडीएससीको तथ्यांक अनुसार यस निष्काशनमा आज भदौ १४ गते बिहान १० बजेर ७ मिनेटसम्ममा ८ करोड ४ लाख २ हजार १ सय ३० इकाईको लागि आवेदन परेको छ।  हालसम्म ४४ हजार ३ सय ८७ जनाले यस निष्काशनमा आवेदन दिएका छन्।  थप करिब ३-४ करोडको प्रतिवद्दता आईसकेकोले अन्तिम दिनमा सबै इकाईहरु बिक्री हुने विश्वास क्यापिटलले व्यक्त गरेको छ।  

क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०-२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गरिएको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक हिमालयन बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड ईकाईको लागि दिन सकिने छ ।  यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

 यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% (अस्सी प्रतिशत) पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% (बीस प्रतिशत) पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।   

यो पनि : बजारको वृद्धिभन्दा बढी प्रतिफल दिने मोडलमा हिमालयन म्युचुअल फण्ड योजना डिजाइन गरेका हौँ (अन्तर्वार्ता)

म्युचुअल फण्ड के हो ? कस्ता लगानीकर्ताको लागि उपयुक्त हुन्छ ?

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved