माईखोला हाइड्रोको साधारणसभा आह्वान, शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2023 | 08:56:05 AM मा प्रकाशित

laxmi  sunrise bank

माईखोला हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ९ गते मंगलबार लर्ड पार्टी भेन्युमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाको विशेष प्रस्तावको रुपमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु;

सामान्य प्रस्तावहरु :

(१) संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ. व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।

(३) आ.व.२०८०/०८१ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने । (४) संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने ।

(५) संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने ।

 विशेष प्रस्तावहरु :

(१) संचालक समितिले प्रस्ताव गरी कम्पनीको साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगबाट प्रस्ताव स्विकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता शेयरपुँजी रु. ३९, २१,५६,८००/- (अक्षेरुपी उनन्चालीस करोड एक्काईस लाख छपन्न हजार आठसय रुपैया) को १:१ को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने ।

(२) कम्पनीको ठेगाना परिवर्तन गर्ने,।

(३) कम्पनीको अधिकृत पूँजी, जारी पूंजी तथा चुक्ता पुँजी बृद्धि गर्ने। कम्पनीको ठेगाना तथा कम्पनीको पुँजी वृदि गर्दा कम्पनीको प्रवन्ध पत्र, नियमावली संसोधन गर्नु पर्ने हुँदा तीन महले बमोजिम कम्पनीको प्रवन्ध पत्र, नियमावलीमा संशोधन गर्ने ।

(३) प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निश्कासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

(४) अन्य कम्पनीमा लगानी गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved