एकसाथ २ वर्षको साधारणसभा गर्दै बलेफी हाइड्रो, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 11:29:52 AM मा प्रकाशित

laxmi  sunrise bank

बलेफी हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १८ गते आम्रपाली ब्यान्क्वेटमा आर्थिक वर्ष २०७७/०७८ र २०७८ / ०७९ को   सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागी असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने  छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७७/०७८ र २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. यस कम्पनीको लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ र २०७८/०७९ को वार्षिक वित्तीय विवरण आषाढ मसान्त २०७८ र आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आ.व.२०७७/०७८ र २०७८ / ०७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, इक्थिटिमा भएको परिवर्तन सम्बन्धी विवरण लगाएत वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसुचीहरु) उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐनको दफा १११ बमोजिम यस कम्पनीको आर्थिक वर्ष २०७९ / ०८० का लागि लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

४. संचालक समितिको पुर्नगठन तथा सर्वसाधारण र स्वतन्त्र संचालकको नियुक्ति गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव

१. निम्न विषयका सम्बन्धमा प्रवन्ध-पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिर्माजन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिर्माजन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

अ) कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

(आ) कम्पनीको ठेगाना परिवर्तन सम्बन्धमा ।

(इ) कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा ।

(ई) कर्जा सिमा वृद्धिको स्विकृति गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved