माछापुच्छ्रे बैंकको साधारणसभा आह्वान, मर्जर तथा प्राप्तिको अख्तियारी दिने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 08:27:13 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १८ गते पोखराको होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको हो । यस संगै माछापुच्छ्रे वार्षिक साधारण सभा आह्वान गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले शेयरधनीहरुलाई गत आ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२÷—(चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९÷—(चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर सहित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ । 

बैंकले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:

 सामान्य प्रस्ताव :

१. आर्थिक वर्ष २०७२/८० को संचालक समितिको २५ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनीहरु "माछापुच्छ्रे क्यापिटल लिमिटेड" र "माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड" को आर्थिक वर्ष २०७९ ८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) छलफल गरी पारित गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ (१) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (१) र ६३ (३) बमोजिम आर्थिक वर्ष २०८० ८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम रु ७१८,००,०८९ (चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश ( वोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव :

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,३६,४२,०१,६९२ (चुक्ता पूँजीको १३.३० प्रतिशत) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्रको दफा ५(ख) र (ग) संशोधन गर्ने ।

२. माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न / गाभिन ( मर्जर गर्न वा प्राप्ती (एक्विजिशन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनको लागि मूल्याङ्कनकर्ता नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोही बमोजिम संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved