भदौमा ५ वाणिज्य बैंकको लाभांश घोषणा: एनआईसीको सबैभन्दा धेरै, सिटिजन्सको नगद मात्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 09:26:51 AM मा प्रकाशित

laxmi  sunrise bank

हालसम्म ५ वटा वाणिज्य बैंकले  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । भदौ मसान्तसम्ममा ५ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका हुन् 

लाभांश घोषणा गर्नेमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक,एनआईसी एसिया बैंक र सिटिजन्स बैंक रहेका छन् । माछापुच्छ्रे बैंक भदौ १३ मै लाभांश घोषणा गर्दै लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको थियो ।

 माछापुच्छ्रे बैंक हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ भने बैंकले साधारणसभा समेत बोलाईसकेको छ।

एभरेष्ट बैंकले भदौ २७ मा लाभांश घोषणा गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सानिमा बैंकले भदौ २८ मा लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७ प्रतिशत नगद गरि कुल १४.७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

एनआईसी एसिया बैंकले भदौ २८ गते लाभांश प्रस्ताव गरेको हो । बैंकले कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हालसम्म घोषणा गरेका बैंक मध्ये एनआईसी कै लाभांश उच्च छ  । अन्य बैंकको लाभांश क्षमता एनआईसीको भन्दा कम रहेकोलेयस पटक एनआईसी कै लाभांश उच्च नै कायम रहने सम्भावना छ । 

सिटिजन्स बैंकले भदौ ३१ गते लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल सम्म लाभांश घोषणा गरेका मध्ये नगद लाभांश मात्र प्रस्ताव गर्नेमा सिटिजन्स पहिलो बैंक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved