ओरियन्टल होटेल्सको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 08:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटेल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २५ गते  सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले  हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५.२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउने छन् । 

सभामा  सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात तथा आ.व. २०७९/८०  को नाफा नोक्सान हिसाव एवं सोही अवधीको नगद प्रवाह विवरण,  लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र लेखापरिक्षण समितिको सिफारिश अनुसार आ.व. २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने छन्।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved