असोज १७ देखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै सिटिजन्स बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 08:38:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।  बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

३० लाख कित्ता मध्ये १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको १२ लाख कित्ता मध्येबाट ५ प्रतिअशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

यस ऋणपत्रमा छिटोमा असोज २१ गतेसम्म सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो कार्तिक १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved