सर्वसाधारणलाई मथिल्लो मैलुङ खोलाको आईपीओ असोज १८ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 08:27:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाई असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्ने छ । 

  यस निष्काशनमा असोज २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ  । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ७० करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved