सर्वसाधारणलाई चिरख्वा हाइड्रोको आईपीओ असोज २३ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2023 | 08:32:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चिरख्वा हाइड्रोपवर लिमिटेडले सर्वसाधारणलाई असोज २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गर्ने छ । 

  यस निष्काशनमा असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ।  आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved