सर्वसाधारणलाई आजदेखि प्रिमियममा सोनापुर सिमेन्टको आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 08:35:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले  सर्वसाधारणलाई आज असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरेर प्रति कित्ता २३७.५८ मा शेयर बिक्री गर्न लागेको हो। यस निष्काशनमा छिटोमा असोज १७ र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

सोनापुरले शेयर निष्काशन गरेपछि नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट र घोराही सिमेन्टको शेयर सुचिकृत छ । सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।  सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न अनुमति मागेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved