भिजन लुम्बिनीद्वारा वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरिएको आईपीओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 02:56:33 PM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा जम्मा २९,८३० जना आवेदकहरुबाट ७,५२,४८० (जारी गरेको भन्दा ३.९३ गुणा बढी) कित्ता साधारण शेयरको लागि आवेदन प्राप्त भएको थियो । रितपूर्वक आवेदन दिने २९,८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७,५२,३८० कित्ता बाँडफाँडको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये १९,१२५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले १,९१,२५० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

मुक्तिनाथ क्यापिटलको वेबसाइट  www.muktinathcapital.com  र  iporesult.cdsc.com.np तथा meroshare.cdsc.com.np मार्फत आईपीओको नतिजा हेर्न सकिने छ

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको १० प्रतिशत अथार्त रु.१९,१२,५०,०००÷– रकम बराबरको रु.१००÷– अंकित दरको १९,१२,५०० कित्ता शेयर असोज १७ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन भईरहेकोेछ।

स्थानीय निष्काशन गरिएको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved