
नेपाल धितोपत्र बोर्ड र नेपाल प्राइभेट इक्विटी एसोसिएसनबीच सम्झौता भएको छ । एसोसियनको दोस्रो साधारणसभाको क्रममा धितोपत्र बोर्ड र एसोसिएसनबीच सम्झौता भएको हो ।
सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र एसोसियनको तर्फबाट अध्यक्ष सिद्धान्तराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार धितोपत्र बोर्ड र एसोसिएसनले नेपालमा वैकल्पिक लगानी वातावरण बनाउनको लागि संयुक्त रुपमा कार्य गर्ने छन्। सम्झौता संगै बोर्डले एसोसिएसनलाई प्राइभेट इक्विटी भेन्चर क्यापिटलको औपचारिक संस्थाको मान्यता प्रदान गरेको छ ।
आजदेखि सुरु भएको विश्व लगानीकर्ता सप्ताहको अवसरमा आज बिहान आयोजित कार्यक्रम बोर्ड अध्यक्ष रमेश हमालले स्टार्टअपहरुलाई प्रबर्दन गर्न एसोसिएसन्सँग सम्झौता गर्न लागेको बताएका थिए ।