पुँजीबजारबारे अन्तरक्रिया गर्दै धितोपत्र ब्रोकर्स एशोसिएसन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 07:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले पुँजीबजार समबन्धि अन्तरक्रिया गर्ने भएको छ । एशोसिएसनले विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसर पारेर साताव्यापी  कार्यक्रम अन्तिम दिन अन्तरक्रिया गर्ने भएको हो।

एशोसिएसनले  असोज २१ गते दिउँसो ३ बजेबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको आतिथ्यमा पूँजी बजार विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने जानकरी दिएको हो।

 असोज २० गते शनिबार बिहान वाकाथन गर्ने पनि एशोसिएसनले जनाएको छ। एशोसिएसनका अनुसार बिहान ८ बजेबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्ड सहित भृकुटि मण्डपबाट बसन्तपुर दरबार स्क्वायर सम्म पुगेर भेलामा परिणत भई वाकाथन समापन हुने छ ।

त्यस्तै एशोसिएसनले असोज १६ देखि १९ गते सम्म निम्नानुसारको कलेजहरुमा शेयर सचेतना तथा तालिम कार्यक्रम गर्ने जनाएको छ ।

असोज १६ – रिलायन्स कलेज, सरस्वतीनगर, काठमाण्डौ ।

असोज १७ – क्यातफोर्ड इन्टरनेशनल कलेज, बालकुमारी, ललितपुर ।

असोज १८ – सेन्ट्रल डिपार्टमेन्ट आफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर ।

असोज १९ – पनौति नगरपालिका, पनौति ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved