नेशनल सोलार पावर कम्पनीले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटल सँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 02:26:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल सोलार पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटलसँग आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धकको सम्झौता गरेको हो । 

कम्पनीले रु.१०० अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। 

नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ ।  साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि  आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पु¥याएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved