सोनापुर सिमेन्टको आईपीओमा माग भन्दा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 05:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओमा माग भन्दा बढीको आवेदन परेको छ। आज चौथो दिनमा कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको हो ।

बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा  ९ लाख ८६ हजार ७ सय ५० जना आवेदकले १ करोड १७ लाख ५२ हजार २ सय ९० कित्ताका लागि २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन दिएका छन्। यो माग गरिए भन्दा १.२० गुणा बढी हो  ।

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ ।

कम्पनीले आज मात्र आईपीओ भर्ने  म्याद थप गर्दै असोज २८ गतेसम्म आईपीओ बिक्री खुला राख्ने निर्णय गरेको छ। यद्यपि सो मिति अगावै पूर्ण आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर त्यस अगाडी नै आईपीओ बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved