सोनापुर सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 08:27:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असोज १८ गते अन्तिम दिन रहेको छ । असोज २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेपनि हिजो असोज १७ गते नै माग भन्दा बढीको आवेदन परेकोले कम्पनीले आज असोज १८ गते बैंकिङ्ग समयपछि आईपीओ बिक्रि बन्द गर्ने निर्णय गरेको हो ।

असोज १७ गते बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा  ९ लाख ८६ हजार ७ सय ५० जना आवेदकले १ करोड १७ लाख ५२ हजार २ सय ९० कित्ताका लागि २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन दिएका छन्। यो माग गरिए भन्दा १.२० गुणा बढी हो  । 

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved