लगानीकर्ताको चर्याईरहेको घाँउमा राष्ट्रबैंकले थप नुन छर्कियो: राधा पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 09:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले खर्बौंको पुँजीबजारसँग राष्ट्र बैंकले लंगुरबुर्जाको जस्तो ब्यवहार गरेको बताएकी छिन् । राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा थोरै मात्र बढाएपछि उनले त्यसमा अशन्तुष्टी जनाउदै खर्बौंको पुँजीबजारसँग राष्ट्र बैंकले लंगुरबुर्जाको जस्तो ब्यवहार गरेको बताएकी हुन्।

लगानीकर्ताको चर्याई रहेको घाँउमा राष्ट्र बैंकले थप नुन चुक छर्किएको प्रतिक्रिया अध्यक्ष पोखरेलले दिएकी छिन् । उनले भनेकी छिन् 'राष्ट्रबैंकका कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाँट थिलथिलो हुदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद लगानीकर्ता हरुलाई चर्याई रहेको घाँउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको छ ।'

नेपालको सेयर बजार टुकुटुक हिँड्न थालेको समयमा नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्दै आएको उनले उल्लेख गरेकी छिन् । नियामक निकायले समय समयमा लिने निति नियमको परिवर्तन हेर्दा खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार गर्ने गरेको देखिएको उनको भनाई छ ।

राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमा संशोधन गर्दै व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोड कायम गरेको छ । यस अघि यो सीमा दुवै तर्फ १२ करोड मात्र थियो । तर राष्ट्र बैंकले यो सीमा थोरै मात्रै बढाएको भन्दै लगानीकर्तालेअश्तुष्टि पोखिरहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved