नेपाल वेयरहाउजिङ्ग कम्पनीको पहिलो चरणको आईपीओ कार्तिक १० देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 10:20:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वेयरहाउजिङ्ग कम्पनी  लिमिटेडले कार्तिक १० गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले कार्तिक १० गतेदेखि श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ । कम्पनीले  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा कार्तिक २४ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजरा कित्ताको लागि आवेदन दिन सकिने छ  । 

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।  यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved