सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड, ८ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 09:28:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो  । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ  । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ  । 

जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन्  । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्  । 

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

कम्पनीले असोज १४ गतेदेखि  असोज १८ गते गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved