जगदम्बा स्टिल्सले माग्यो आईपीओ निष्काशन अनुमति, एक कित्ताको मूल्य ३००

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 03:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यापरिक घराना शंकर समुह अन्तर्गतको जगदम्बा स्टिल्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्काशन अनुमतिको माग गर्दै असोज १७ गते नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता ३०० रुपैंयामा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले २ करोड ७० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । यस मार्फत कम्पनीले कुल ६ अर्ब २ करोड १० लाख रुपैयाँ संकलन गर्ने छ । 

कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।  बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved