चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आज दोस्रो दिनसम्म ५ लाख २ हजार बढीले आवेदन दिएका छन् । बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ५ लाख २ हजार २ जना आवेदकले ५७ लाख ४३ हजार ७० कित्ताका लागि ५७ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ६.६८ गुणा बढि हो ।
चिरख्वा हाइड्रोपवर लिमिटेडले सर्वसाधारणलाई आज असोज २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ। आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ ।