चिरख्वा हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 08:21:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चिरख्वा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणलाई असोज २३ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ मै शेयर निष्काशन गरेको हो । 

  बिहिबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ८ लाख ७३ हजार १ सय ८० जना आवेदकले ९५ लाख ६८ हजार ४ सय ३० कित्ताका लागि ९५ करोड ६८ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ११.१३ गुणा बढि हो । 

 यस निष्काशनमा आज असोज २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीको आयोजनाको प्रति मेगावाट लागत २१ करोड २३ लाख छ।  आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved