एनआईसी एशिया क्यापिटलद्वारा संचालित २ म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 10:21:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा संचालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको हो । क्यापिटलको असोज २७ गते सम्पन्न संचालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो । 

आर्थिक वर्ष २०७९ / ०८० का लागि लाभांश घोषणा भएको हो ।  जस अनुसार एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १०.५० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड छयत्तर लाख छयानब्बे हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने छ।

त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने सात करोड पचपन्न लाख बराबरको नगद प्रतिफल वितरण गर्ने छ ।

क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि तय गर्ने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved