उन्नति सहकार्य लघुवित्तले पायो एफपीओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 10:07:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थालाई एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ। असोज २६ गते बोर्डले अनुमति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशनको लागि अनुमति पाएको हो । एफपीओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved