दिब्यश्वरी हाइड्रोले बढायो हकप्रद अनुपात, अब २ सय प्रतिशत निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 10:46:46 AM मा प्रकाशित

laxmi  sunrise bank

दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन अनुपात बढाएको छ । कम्पनीले हकप्रद निष्काशन गर्ने अनुपात बढाएर अब २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले यस अघि असार १० गते  १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर असोज २९ गते बसेको संचालक समितिको बैठकले असार १० को प्रस्ताव रद्द गरि अब १:२ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

हकप्रद शेयर निश्कासन बाट प्राप्त हुने पुँजी मध्ये पाँच खपन हाइड्रोपावर प्रा. लि. मा ५१% लगानी गर्ने तथा बाँकि सबै रकम बैकहरुबाट लिएको दिर्घ कालिन कर्जाको भुत्तानी गर्ने कम्पनीले जनाएको छ । 

 विद्युत नियमन आयोगले स्वीकृति दिएपछि , कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved