शिवम् होल्डिङसले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 05:56:37 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् होल्डिङसले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित कार्तिक २२ गते साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले हाल कायम जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख कित्ता शेयर सर्वसाधारणको लागि प्रिमियम मूल्यमा निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३६ करोड रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४ प्रतिशत नगद लाभांश पनि वितरण गर्दै छ ।

शिवम् होल्डिङसमा शिवम सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ। होंरङ्सी शिवम  सिमेन्ट प्रालिमा शिवम् होल्डिङसको ३० प्रतिशत लगानी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved