एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 07:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बुधबार साँझ ५ बजे बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले हाल कायम चुक्ता पूँजी  १ अर्ब  ७३ करोड ९४ लाख ४० हजारको १५% अर्थात २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved