कार्तिक १६ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 08:33:52 AM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गर्ने भएको छ ।

स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन हुने भएको हो । यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved