उन्नति सहकार्य लघुवित्तको एफपीओ कार्तिक २१ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 08:19:40 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कार्तिक २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । 

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। एफपीओमा  कार्तिक २४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल  रहेको छ। 

नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved