कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 08:29:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप संगै बैंकको ऋणपत्रमा कार्तिक १६ गतेसम्म आवेदन दिन सकिने छ । सो मिति अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना मार्फत जानकारी दिएर सो अगावै बिक्री बन्द हुने बैंकले जनाएको छ ।

बैंकले कार्तिक २ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो।  बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

५० लाख कित्ता मध्ये ३० लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको २० लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

 आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved