आईपीओ निष्काशन अगाडी हकप्रद बिक्री गर्दै ओम मेगाश्री फर्मास्यूटिकल्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 08:54:17 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्नु अगाडी हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम शेयरको १:०.२ को अनुपातमा अर्थात् २० प्रतिशतले हुन आउने ७ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले ३५ दिन भित्र साविकका शेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । सो अवधिसम्ममा रकम जम्मा नगरेमा टि शेयर अन्यलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

यस कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी समेत गरेको छ । कम्पनीले शेयर निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ।  

 गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा EU Pharma Technical Support रही ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रहेको छ। कम्पनीले युरोपियन Good manufacturing practices (GMP) Standards अनुसार औषधी उत्पादन गर्ने र नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको र बाँकी उत्पादन स्वीकृतिको प्रकयामा रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved