मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 01:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गरिरहेको छ। कम्पनीको आईपीओमा आज कात्तिक १२ गते बिहान १० बजेसम्ममा १३ हजार २ सय ७७ जनाले आवेदन दिएका छन् । 

कम्पनीको आईपीओमा १३ हजार २ सय ७७ जनाले ३ लाख ३४ हजार ७ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग गरिए भन्दा २.३९ गुणा बढी हो । कम्पनीले वैदेशिक रोजगारीमा  रहेका नेपालीका लागि १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता बिक्रीमा राखेको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले यस आईपीओमा आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ। 

आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले  कात्तिक २४ गतेसम्म कम्पनीको आवेदन दिन सक्ने छन्। वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्रि तथा वितरण पश्चात सर्वसाधारण नेपाली नागरिकको लागि आइपीओ खुला गरिनेछ। 

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।  कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी  स्थापना भएको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved