शेयरबजारमा झिनो सुधार, ७० करोड पनि पुगेन कारोबार रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 03:22:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आज नेप्से सूचक ३.०४ अंकले बढेर १८७८.७० को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका २८७ कम्पनीका २८ लाख २४ हजार ७ कित्ता शेयर खरिद बिक्रीबाट ६९ करोड ४२ लाख २२ हजार २ सय १७ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । आज साधना लघुवित्तको संस्थापक शेयरको सर्वाधिक ३ करोड ६० लाखको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख, सिद्धार्थ बैंकको संस्थापक शेयरको २ करोड ९० लाख, तथा नबिल बैंकको २ करोड ३० लाखको कारोबार भएको छ 

आज पन्चकन्या माई हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.८२ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ५.८९ प्रतिशतले बढेको छ । त्यस्तै सुपर मादी हाइड्रोको शेयर मूल्य ५.२६ प्रतिशत तथा इमार्जिंग नेपालको शेयर मूल्य ४.५० प्रतिशतले बढेको छ 

आज सोनापुर सिमेन्टको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । हिजो पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको थियो । त्यस्तै आज बिन्धवासिनी हाइड्रोको शेयर मूल्य ६.६७ प्रतिशत तथा अपार सोलु हाइड्रोको शेयर मूल्य ६.५८ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये होटेल समुह, उत्पादन तथा प्रशोधन समुह र म्युचुअल फण्ड समुहको सूचक घटेको छ । यी बाहेक अनुस समुहको सूचक बढेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved