सोनापुर सिमेन्टको शेयर मूल्यमा लगातार तेस्रो दिन नकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 11:07:57 AM मा प्रकाशित

laxmi  sunrise bank

 सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) को शेयर मूल्यमा लगातार तेस्रो दिन नकारात्मक सर्किट लागेको छ । आज मंगलबार पनि कारोबार सुरु भए लगत्तै कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको हो  ।

आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु भएको थियो  । आइतबार कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३५० रुपैयाँमा भएको थियो  । पहिलो दिन १० प्रतिशतले मूल्य घटेर ३१५ मा कारोबार बन्द भएको थियो  । सोमबार पनि कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेर प्रति कित्ता २८३.५० रुपैयाँ कायम भएको थियो। आज मंगलबार यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले घटेर २५५.२० रुपैयाँ कायम भएको छ । जुन मूल्य आईपीओ निष्काशन गरिएको मूल्य भन्दा १७.६२ रुपैयाँ मात्र बढी हो । 

कम्पनीले प्रति कित्ता  २३७.५८ मा आईपीओ निष्काशन गरेको थियो ।  कार्तिक २ गते कम्पनीको ३  करोड ७ लाख ५० हजार ५ सय कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved