ओटीसी बजारमा ३ महिनामा १ अर्ब ७१ करोडको कारोबार, वल्डलिंकको शेयर मूल्य ९३७५

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 03:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेन्ज नेप्सेको ओटीसी बजार मार्फत १ अर्ब ७१ करोड बढीको कारोबार भएको छ। नेप्सेका अनुसार २९ पटक गरि कुल १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७ सय ४० रुपैयाँको कारोबार भएको हो 

यस अवधिमा ओटीसी बजारमा कारोबार भएका कम्पनी मध्ये वल्डलिंक कम्युनिकेशनको शेयर मूल्य सबैभन्दा धेरै महँगो रहेको छ । कम्पनीको शेयर प्रति कित्ता ९ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको १३ हजार ३ सय ९२ कित्ता शेयर कारोबार भएको हो 

ओटीसी बजारमा कारोबार हुने अन्य कम्पनीहरुमा आइएमई डिजिटल सोलुसन,  बिओके क्यापिटल , मुक्तिनाथ कृषि कम्पनी, बन्दीपुर् केवलकार, अन्नपूर्ण केवलकार, गरिमा क्यापिटल , काठमाडौँ मेडिकल कलेज लगायत रहेका छन् 

शेयर बजारमा सुचिकृत नभएका कम्पनीहरुको शेयर कारोबार नेप्सेको ओटीसी बजार मार्फत हुने गरेको छ । 

हेर्नुस् ओटीसी बजार मार्फत कारोबार भएका कम्पनीहरु:

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved