होटेल फरेस्ट इनले माग्यो आईपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 11:45:33 AM मा प्रकाशित

laxmi  sunrise bank

होटेल फरेस्ट इन लिमिटेडले आईपीओ निष्काशन अनुंती माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले ९८ करोडको ९८ लाख कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआईसी एसिया बिक्री प्रबन्धक रहेको छ । कम्पनीले कार्तिक १७ गते बोर्डमा आवेदन दिएको हो  ।

 यस कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा  पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ । कम्पनीले होटेल  सञ्चालनको लागि  अन्तर्राष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ। सो होटेल अमेरिकी हाेटल चेन आइएचजीकाे  होलिडे इनका नामबाट सञ्चालन हुने छ।  

होटलकाे संरचना १ लाख ८२ हजार ७ सय ८३ वर्गमिटर क्षेत्रफलमा फैलिएकाे छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved