शेयरबजारमा दोहोरो अंकको वृद्धि: सोल्टीको कारोबार उच्च, हाथवेमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 03:31:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २१.३० अंकले बढेर १८४७.५४ को बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका २८३ कम्पनीका ३५ लाख ५५ हजार ६ सय ७० कित्ता शेयर खरिद बिक्रीबाट ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँ ५९ पैसाको कारोबार भएको छ । आज सोल्टी होटेलको सर्वाधिक ६ करोड ४३ लाखको कारोबार भएको छ भने सोनापुर सिमेन्टको ५ करोड ६२ लाख र हाथवे इन्भेष्टमेन्टको ३ करोड ७८ लाखको कारोबार भएको छ ।

आज हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै आशा लघुवित्तको शेयर मूल्य ६.१६ प्रतिशतले बढेको छ ।

आज लक्ष्मी लघुवित्तको शेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ भने विन नेपाल लघुवित्तको शेयर मु;या ३.९९ प्रतिशत तथा एनआईसी एशियाको शेयर मूल्य ३.९१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत सुचक बढेको छन् । जस मध्ये होटेल एण्ड टुरिजम समुह सर्वाधिक ३.७३ प्रतिशत तथा ट्रेडिङ समुह २.७४ प्रतिशत बढेको छ । निर्जीवन बीमा समुह २.३६ प्रतिशत बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved