'नेप्से बुल्स' उत्पादन गर्ने सागर डिस्टिलरीले प्रिमियममा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 08:31:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले मङ्सिर १५ गते आह्वान गरेको साधारणसभाको विशेष प्रस्तावमा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव समावेश छ ।

कम्पनीले यस अघि अंकित मूल्यमा शेयर निष्काशन गर्ने भन्दै बिक्री प्रबन्धक समेत चयन गरिसकेको थियो ।  आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको थियो । अब भने कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्ने तयारी गरेको छ ।  

वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका ब्राण्डको मदिरा उत्पादन गरिरहेको छ । सागर डिष्टिलरीका अध्यक्ष सन्दिप जलान हुन् । उनी ब्रोकर समेत हुन् ।

कम्पनीले हालै नेप्से बुल्स नामको व्हिस्की पनि बजारमा ल्याएको छ । स्टक एक्सचेन्जको नामसंगै मिल्ने नामको व्हिस्की ट्रेड मार्क नै लिएर बजारमा ल्याएपछि कम्पनीको यो उत्पादन विवादित समेत बनेको छ  । नेपाल स्टक एक्सचेन्ज नेप्सेले यस विषयमा उद्योग विभागसँग समेत जानकारी माग गर्ने तयारी गरेको छ  । 

यो पनि : 'नेप्से बुल्स' नामको ट्रेडमार्क दर्ताबारे उद्योग विभागसँग जानकारी माग्दै नेप्से 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved