'म्युचुअल फण्डले आरक्षणमा पाएको शेयर फ्रिज गर्न आज नै असम्भव'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 09:01:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुले आरक्षणमा पाएको शेयर आईपीओ बाँडफाँड भएको ६ महिनापछि मात्र बिक्री गर्न पाउने व्यवस्था गर्न सिडीएससी र म्युचुअल फण्डहरुलाई निर्देशन दिएको छ । यस संगै अब म्युचुअल फण्डले शेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न पाउने छैनन् ।

बोर्डका अनुसार  यो नियम २०८० कार्तिक २१  गते अर्थात् आजबाट लागू हुने छ। तर सिडीएसले भने म्युचुअल फण्डहरुले आरक्षणमा पाएको शेयर फ्रिज गर्न आज नै सम्भव नहुने जनाएको छ । सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरोशेयरमा शेयर फ्रिज गर्नको लागि सुरुमा सम्बन्धित कम्पनीले कुन म्युचुअल फण्डलाई कति शेयर वितरण गरिएको छ भन्ने विवरण दिनु पर्छ । त्यसपछि मात्र सिडीएसले ति शेयरहरु ६ महिनासम्मको मिति तोकेर बेच्न नमिल्ने गरि फिर्ज गर्छ । यो प्रक्रिया प्रमोटर र स्थानीयको शेयर फ्रिज गरेर राखे जस्तै हो । य यो कार्य आजको कारोबार सुरु हुनु अगाडी गर्न सम्भव नहुने सिडीएसले जनाएको छ ।

यद्यपि धितोपत्र बोर्डले नै शेयर बिक्री गर्न पाइदैन भनेर निर्देशन दिएपछि म्युचुअल फण्ड आफैले निर्देशनको पालना गरेर शेयर बिक्री गर्न नहुने सिडीएसका प्रवक्ता न्यौपाने बताउछन् । बोर्डको निर्देशन तत्काल नै सबैले पालना गर्नु पर्ने उनको भनाई छ । कम्पनीले म्युचुअल फण्डले पाएको आरक्षणको शेयरको विवरण उपलब्ध गराएपछि सिडीएसले शेयर फ्रिज गर्ने उनी बताउछन् । 

बोर्डको निर्देशन अनुसार संगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरीद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन ।

 धितोपत्र बाँडफाँड भएको मितिले छ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधि भित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने पाइने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved