कामना सेवा विकास बैंकले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 10:17:23 AM मा प्रकाशित

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। बैंकको  कार्तिक २१ गते मंगलबार दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

सो बैठकले २०८० आषाढ मसान्तको बासलात, आ. व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने, आ. व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरि तहाँबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकलाई साधारणसभा आह्वान गर्ने बाटो खुल्ने छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved