अर्थ समितिको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्जबारे छलफल हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 12:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार प्रतिनिधिसभा बैठक अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । शुक्रबार दिउँसो ३ बजे बैठक बोलाईएको छ ।

बैठकमा नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल हुने भएको छ। समितिको बैठकमा आन्तरिक छलफल लागि तय गरिएको एजेण्डामा १६ औं पञ्चवर्षिय योजना सम्बन्धमा, मौद्रिक नीति सम्बन्धमा र नयाँ स्टक एक्सचेञ्ज सम्बन्धमा छलफल गरिने उल्लेख छ । हाल नेपाल सरकारको निर्देशनमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स दिने प्रक्रिया स्थगित भएको छ ।

त्यस्तै मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षा सम्बन्धमा अर्थमन्त्री र सचिव (अर्थ र राजश्व) सँग छलफलको निरन्तरता दिइने अर्थ समितीले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved