एनआईशी एशिया क्यापिटलको १ अर्बको म्युचुअल फण्ड आजदेखि बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 08:27:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले आज मङ्सिर ४ गते सोमबारबाट एनआईसी एशिया ग्रोथ फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया ग्रोथ फण्ड २   नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक एनआइसी एशिया बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा  छिटोमा मङ्सिर ७ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा मङ्सिर १८ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि ७ वर्ष रहेको छ ।

हाल क्यापिटलले एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० फण्ड, र एनआईसी एशिया डाइनामिक डेट फण्ड  योजना संचालन गरिरहेको छ । जस मध्ये एनआईसी एशिया डाइनामिक डेट फण्ड  खुलामुखी योजना हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved