
सोल्टी होटेलले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रहेको छ । कम्पनीको प्रति शेयर अंकित मूल्य भने १० रुपैयाँ रहेको छ ।