एनएमबि बैंकले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 10:02:12 AM मा प्रकाशित

एनएमबि बैंकले लाभांश नदिने भएको छ  । बैंकको मङ्सिर १३ गते बसेको  संचालक समितिको ४५८औं बैठकले आर्थिक वर्ष २०७९ / ०८० को मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९ / ०८० वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी संचित गर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो। 

 नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि बैंकले साधारणसभा आह्वान गरि  वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved