तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 10:02:15 AM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आ.व. २०७९/८० सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved