नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँड, ८४ हजार जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 10:21:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वेयरहाउजिङ्ग कम्पनी  लिमिटेडले निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बुधबार बिहान  शेयर बाँडफाँड गरेको हो  

कम्पनीले मङ्सिर १० देखि मङ्सिर १३ सम्म सर्वसाधारणलाई  ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो क्यापिटलका अनुसार आईपीओमा कुल १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । यी मध्ये ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ  । यस हिसाबमा ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको छ  

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरीएको छ  । यस हिसाबमा कुल १ लाख १४ हजार १ सय २५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्  । बाँकि आवेदक भने हातखाली भएका छन्  

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि ३ तरिकाबाट नतिजा हेर्न सकिने छ।    जस अनुसार बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ । 

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।   

  यस कम्पनीमा निम्बस समूह, शिखर ईन्स्योरेन्स, प्रोबियोटक ईन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्रचर्स, टिएनआई, निफ्रा, मुक्तिनाथ कृषी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्वेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टको समेत लगानी छ । यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोमा साधारण निष्काशन पश्चात रु ६८.७५ करोड पुगेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved